
विदेशी भगौडाहरूको बहुमत रहेको 'राष्ट्रिय स्वतन्त्र' भनिने पार्टीको हर्कत, नाटक र तमासा संसद र राष्ट्रले दिनदिनै भोग्दै आएको छ।
आफू मात्र जान्ने, अरू सबै खराब भन्ने सोचका साथ अगाडि आएको यस पार्टीका कारण नै नेपालमा भर्खर सुरु भएको सामाजिक सञ्जाल पनि गाली, सराप र कुण्ठा पोख्ने माध्यम बनेको छ।
२०८० साल भन्दा अघि देशको विकासमा शून्य योगदान दिएका, देशका लागि एक थोपा रगत समेत दान नगरेका, कोही विदेश-विदेश भौंतारिँदै नागरिकता त्याग गर्ने, कोही राहदानी किर्ते गर्ने, कोही विदेशी श्रीमान खोज्ने, कोही अरूको श्रीमान फसाउने—यस्ता व्यक्तिहरूका धेरै कुरा गर्नु आवश्यक छैन।
तीन तहका अदालतहरूले दोषी ठहर गरेको अपराधीको पक्षमा उभिँदै, सर्वोच्च अदालतको निर्णयको विपक्षमा हस्ताक्षर संकलन गर्ने नाटक, जिल्ला प्रशासन कार्यालयको अनुमति बिना चन्दा संकलन गर्ने काम, अरूको बुढा फसाएर विवाह गर्ने एक व्यक्तिको संसदमा देखिएको हर्कत, नेपाललाई भारतको हिस्सा बनाउनुपर्छ” र “नेपाली सेनाको संख्या घटाउनुपर्छ” भन्ने घण्टी विज्ञको भनाइ—यी सबै यस पार्टीका प्रमुख विशेषताहरू हुन्।
भिजिट भिसाकै कारण अमेरिकामा पुगेका पार्टी अध्यक्ष, जसले नागरिकता र राहदानीको दुरुपयोग गरेर दोहोरो निर्वाचनमार्फत राज्यलाई करोडौं रुपैयाँको क्षति पुर्याउने काम गरेका छन्।
राइको छोरालाई अरबौं रुपैयाँ कमाउने लोभ देखाएर फसाउने,उनीबाट टेलिभिजन खोलाउने र त्यसको पछाडि आफैं लुकेर बस्ने, अनि जब कुरा उठ्छ तब “सहकारीको पैसाको थाहा नै थिएन” भन्दै चेक काटेर उम्किने—यस्ता अवसरवादीहरूको नेतृत्वमा राजनीति गर्नु र जनतालाई ढाँट्नु आजको यथार्थ बनेको छ।
अब यिनले बुझ्नुपर्छ—राजनीति कुनै अभिनयको रंगमञ्च होइन, जनताको जीवनसँग जोडिएको जिम्मेवारी हो।
नेपाल प्रहरीले तलब बढाउने भन्दै गरेको झूटो भनाइ, गृह मन्त्री हुँदा विदेशीलाई डेटा बेच्ने हर्कत, मन्त्री पद किन्न पैसा उठाउने ढाकाराम, आफू मन्त्री हुँदा शिक्षा ऐनमा काम गर्न नसक्ने विदेशी ‘बुहारी, सहकारीमा अनियमितता गर्ने ‘बुर्लाकोटी’, हजारौँ जनाको नागरिकताको दुरुपयोग गरी आईपीओ भर्दै शेयरमा लागेको अर्को चितवनका ‘ढकाल जी—यी हुन् अहिलेको वास्तविकतामा देखिएका घण्टी पार्टी का चरित्रहरू।२०८० सालअघि तिनले नेपालका लागि विकास, सामाजिक सुधार र कानूनी सुधारमा के–के योगदान दिए?
उल्लेखित विषय लेखकका निजी बिचार हुन् ।