Banner Nepal
एमाले सचिवालय बैठकमा कार्यविभाजनदेखि समसामयिक विषयसम्म छलफल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष K. P. Sharma Oli को निवास गुण्डुमा बस्ने तय भएको छ।

यसअघि जेठ २ गतेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। बैठकले नेताहरुको कार्यविभाजन गर्ने एमालेका कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन्।

एमालेको ११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन हुन सकेको थिएन। पार्टीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण अभियान अघि बढाउने तयारी गरेको छ। त्यसका लागि केन्द्रीय सदस्यहरुलाई पालिकाको इन्चार्ज बनाएर गाउँगाउँमा परिचालन गर्ने योजना बनाइएको बताइएको छ।

यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update