कांग्रेसमा पहिलो पटक प्राइमरी निर्वाचनको तयारी
काठमाडौं । नेपाली कांग्रेसले प्राथमिक निर्वाचनमार्फत पार्टीका उम्मेदवार चयन गर्ने तयारी गरेको छ । कांग्रेसले पहिलो पटक विधि र मापदण्डका आधारमा उम्मेदवार तय गर्ने अभ्यास अघि बढाएको हो ।
पार्टी सभापति गगनकुमार थापाले प्राथमिक निर्वाचनमार्फत स्थानीय तह, प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार चयन गर्ने घोषणा गर्नुभएको छ ।
थापाका अनुसार सम्बन्धित कार्यसमितिलाई नै उम्मेदवार तय गर्ने अधिकार सुनिश्चित गरिनेछ ।
उपसभापति पुष्पा भुसाल नेतृत्वको इलेक्सन ब्युरोमार्फत कांग्रेसले पहिलो पटक प्राइमरी निर्वाचन सञ्चालन गरी पारदर्शी ढङ्गले उम्मेदवार छनोट गर्ने तयारी गरेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३ ११:१७
प्रतिक्रिया दिनुहोस्

