काठमाडौ । झापाको कमल गाउँपालिका ३ की ३५ वर्षीय सालु थापा मगर मस्तिष्कको नसामा गरिएको शल्यक्रियापछि गम्भीर अवस्थामा रहनु भएको छ ।
ज्ञानेश्वरमा श्रीमान् गन बहादुर थापा मगर संग बस्दै आउनु भएकी थापा मगर काठमाडौं स्थित केएमसी अस्पतालमा १४९ नम्बरकाे आईसीयूकाे बेडमा करिब ११ दिनदेखि उपचारमा हुनुहुन्छ ।
परिवारले उपलब्ध गराएको जनाकारी अनुसार टाउको दुखेपछि आकस्मिक रूपमा अस्पताल भर्ना गरिएकाे सालुको CT स्क्यानमा मस्तिष्कको नसामा ‘एनेरिज्म’ देखिएको र तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका थिए। त्यसपछि गरिएको क्याथेटर एन्जियोग्राफी परीक्षणपछि एउटा मात्र एनेरिज्म रहेको र एउटा क्लिप लगाए पुग्ने उपचारमा संलग्न चिकित्सकले परिवारलाई बताईएकाे थियाे ।
सालुकाे गत असाेज १० गते दिउँसो साडे १ बजे शल्यक्रिया सुरु गरिएको थियो। शल्यक्रिया सम्पन्न भएको लामो समय भएपनि अस्पताल प्रशासन तर्फबाट परिवारलाई विरामिकाे अवस्था बारे कुनै जानकारी गराईएन ।
त्यसपछि परिवारले चिकित्सकसँग जानकारी माग्दा नसामा क्षति पुगेकाले बाइपास शल्यक्रिया गर्नुपरेको र तीनवटा क्लिप प्रयोग गरिएको उपचारमा संलग्न चिकित्सकले परिवारलाई जानकारी दिइएको विरामिका श्रीमान् गन बहादुरले जानकारी बताउनु भयाे ।
शल्यक्रियापछि बिरामीको शरीरको एकातर्फको चालचलन अत्यन्त न्यून भएको, आँखाको नानीमा समेत प्रतिक्रिया कमजोर रहेको र पछिल्लो समय भेन्टिलेटरको सहायतामा उपचार भइरहेको परिवारको भनाइ छ।
चिकित्सकले भने नसामा क्षति भइसकेको र अवस्था गम्भीर रहेको बताएका छन्।
क्याथेटर एन्जियोग्राफीको रिपोर्टमा एउटा मात्र एनेरिज्म देखिएको अवस्थामा थप नसामा क्षति कसरी भयो र त्यसबारे शल्यक्रियाअघि परिवारलाई जानकारी किन गराइएन भन्ने प्रश्न परिवारकाे छ ।
पिरवारका तर्फबाट अस्पताल प्रशासनसँग छलफल भए पनि उपचारमा लापरबाही भएको आरोप अस्पताल प्रसासनले अस्वीकार गरेका परिवारले जनाएको छ।
सालु आफ्ना श्रीमा गन बहादर थापा मगर तथा छाेरी १४ वर्षीया स्नेहा र ७ वर्षीया सक्षम थापा मगर संग विगकेहि बर्ष देखी काठमाडाैमा बस्दै आउनु भएछ ।
परिवारले घटनाको निष्पक्ष छानबिन गरी उपचार प्रक्रियाको यथार्थ विवरण सार्वजनिक गर्न अस्पताल प्रशासन संग माग गरेकाछन् । ।


