Banner Nepal
कम्बोडियामा अलपत्र ६०२ नेपालीलाई राहत, भिसा शुल्क र जरिबाना मिनाहा

काठमाण्डौ । कम्बोडिया सरकारले भिसा अवधि समाप्त भइसकेपछि त्यहाँ अलपत्र परेका ६०२ नेपाली नागरिकलाई राहत प्रदान गर्दै उनीहरूले तिर्नुपर्ने भिसा शुल्क तथा जरिबाना मिनाहा गरेको छ।

दूतावासले आममाफी प्राप्त गरेका नेपाली नागरिकको नामावली सार्वजनिक गर्दै उनीहरूलाई एक साताभित्र अनिवार्य रूपमा नेपाल फर्किन अनुरोध गरेको छ। तोकिएको समयभित्र स्वदेश नफर्किएमा कम्बोडियामा लागू गरिएको नयाँ कानुनी व्यवस्थाअनुसार पक्राउ, जरिबाना तथा कैद सजायसमेत हुन सक्ने चेतावनी दिइएको छ।

दूतावासका अनुसार स्वदेश फर्किन चाहने नागरिकले हवाई टिकटको व्यवस्था गरिसकेपछि त्यसबारे अग्रिम जानकारी कम्बोडियाको अध्यागमन विभागलाई दिनुपर्ने भएकाले दूतावासलाई समेत जानकारी गराउन आवश्यक छ।

साथै, कम्बोडियाबाट नेपालका लागि प्रत्यक्ष उडान सेवा उपलब्ध नभएकाले टिकट खरिद गर्दा ‘कनेक्टिङ फ्लाइट’ रहेको वा नरहेको यकिन गरेर मात्र टिकट लिन दूतावासले आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update