
तीन दशकअघि रिजिल भएको "मर्ते दम तक" अन्याय विरुद्धको आगो ओकल्ने एक्सन मुभी हो । सिने स्टार राजकुमार केन्द्रित अपराध कथावस्तुमा आधारित यो फिल्म म कहिलेकहिं उद्धेलित मनलाई शान्त पार्न दोहोर्याई तेहेर्याई हेर्छु ।
नगनिएको पटक फेरी पनि हिजो मात्रै यो फिल्मले मलाई तान्यो र उद्धेलित मनलाई सम्हाल्न भन्यो ।
सायद यस्ता घट्नाहरु हाम्रो समाजमा पनि घटिरहेकै पो छन् कि ! यो फिल्मभन्दा पहिल्यै बनेका "अन्धा कानुन", "दामिनी"कै झल्को दिने यो फिल्मको कथावस्तु आज पनि सान्दर्भिक छ ।
कानुन कार्यान्वयनमा दत्तचित्त हिम्मतवाला सब इन्सपेक्टर "राने"ले अपराधमा लिप्त मन्त्रीलाई पक्राउ गर्नखोज्दा आफैं फसाइएर पांचबर्षको जेल सजाय काट्न बाध्य भएपछि सब इन्पेक्टर रानेबाट "राणासाब"को रुपमा हिरोको उदय हुन्छ ।
अपराधले अपराध निम्त्याउंछ भन्ने कहानी पनि फिल्ममा देखाइएको छ ।
हत्याहिंसा, मारकाटको दुनिया चलाइरहेका "डिके", "माथुर" जस्ता गुण्डाको दुनियाांमा अब "रानासाब"को प्रवेश हुन्छ । त्यसपछि सरकारी निकायदेखि अदालतसम्म कसरी "रानासाब"को दबदबा बढ्छ भन्ने पनि फिल्मको कहानीमा देखाइएको छ ।
दर्शकको ध्यान खिंच्न एउटा घट्ना टेलेरमै राखिएको छ । "रानासाब"को एउटा गुण्डा सुल्तानलाई हत्याको मुद्दामा समातेर अदालतमा पेश गरिन्छ । बहसमा प्रश्न उठ्छ, "ये रानाका आदमी है माई लर्ड, यिनका हर लब्स और बाते कानुन होता है ।
आज यिनको सजा हो तो रानाका मुमे एक तमाचा होगा ।"
न्यायाधीश अब फैसला सुनाउंन तयार हुन्छन्.. तमाम सबुद, गबाहको बयानाद और सरकारी वकिलकी जिरह सुन्नेके बाद अदालत यिस फैसलेपे पहुंचती है ....त्यहिबेला "रानासाब"को इजलासमा टकटकटकटक इन्ट्रि हुन्छ ।
एक्सन यस्तो देखाइन्छ,"रानासाब" चश्मा खालेर आफ्नो जुंगा मिलाउंदै गर्दा न्यायाधीश टक्क अडिन्छन् र सरकारी वकिल समेत आफ्नो चश्मा खोलेर "रानासाब"प्रति नतमस्तक बन्छन्, आंखामा आंखा जुध्छन् ।
अब "रानासाब" इजलासबाट बाहिरिन्छ । त्यसपछि न्यायाधीश फैसला फर्माउंछन् –"तमाम सबुतोकी बाद मुजरिम दोषी करार कर्नेके लिए नाकाफी है ।
यसलिए इजलास य फैसलेपे पहुंचते हैं कि जगनका कतल नहीं हुवा वल्कि य एक एक्सिडेण्ट था । इसलिए मुजरमि सुल्तानको बाइइज्जत रिहा करती है ।"
यो त एउटा फिल्मी टेलर मात्र थियो । जीवन पनि एउटा फिल्म नै हो । फिल्मको कहानीमा झैं सुशासनको लडाई अब लम्बिन्छ– "मर्ते दम तक ।"
-अनन्तराज लुइँटेल स्तम्भकार, लेखक र अधिवक्ता हुन् ।