
क्रान्ति भनेको उन्नयन हो । उन्नयन का दुइवटा गुण हुन्छ्न । एक, यसले हिजोको बिश्लेणद्वारा आज परिवर्तनको अवस्था निर्माण गर्छ । दुई, यसले बिग्रह होइन रचनाको स्वरुप बोक्छ । रिभोलुसन र क्रान्ति पृथक कुरा हुन । रि इभोलुसन रिभोलुसन हो । हिजो एउटा निर्माण गरिएको थियो, त्यो काम लागेन । आज त्यसलाइ भत्काएर नंया निर्माण गर्नु रिभोलुसन हो ।
क्रान्ति उन्नयन हो, त्यसैले क्रान्ति भनेको गुणहिन निर्माणलाई फ्याँंकेर नंया रचना गर्नु वा दुर्गुण भएकालाइ गुणिलो बनाउनु हो । अब नेपालको राजनीतिमा यसलाइ हेरौं
१. नेपालमा निरंकुश व्यवस्था फ्याकेर नागरिक स्वतन्त्रता प्राप्त गरियो । आज गणतन्त्र बोक्ने संबिधान छ । नागरिकसँग सैद्धान्तिक भए पनि स्वतन्त्रता छ । तर अहिलेको राजनीतिक व्यवस्थामा नागरिक सहभागिता र राज्यको स्वनिर्णयको सामथ्र्य र नागरिक प्रति उत्तरदायित्व छैन । यी दुई गुणको निर्माण गर्नुपर्ने अवस्था छ । अतः नेपालमा क्रान्ति भित्र क्रान्तिको अर्थात परीवर्तन भित्र परिवर्तनको अवस्था छ ।
२. यो अवस्थाका ४ वटा शर्त छन (क) नियोजित नियन्तृत राजनीतिक अस्थिरता समाप्त गर्नु (ख) बिसर्जित अर्थतन्त्र र उत्पादन पुनस्र्थापना गर्नु, (ग) संरचनात्मक तहगत जात वरियता समाप्त गर्नु (घ) र राज्य शक्तिको पुर्ण प्रक्षेपण गरि नागरिकलाई स्व–शासनको अधिकार दिनु ।
३. अहिले देशमा भैरहेका राजनीतिको लंडाई यी शर्त पुरा गर्नुमा केन्द्रित छैन । अतः अहिलेको राजनीति द्वन्द सत्ताको खेल हो । यो व्यवस्थाको लक्ष्य नै दलको शासन स्थापित गर्नु हो । तर २१ औं शताब्दी त “नागरिक समतावाद“ को चाहानाको युग हो । तसर्थ नेपालको दशा परिवर्तन गर्न नागरिक सर्बोच्चता बाटो हिडेर मात्र माथीका चार शर्त पूरा गर्नुपर्छ । हामीले देशको वर्तमानलाई बदल्नु पर्छ । अवस्था बदल्न प्रणाली वद्ल्नु पर्छ । प्रणाली बदल्न बिचार चाहिन्छ । बिचारलाई दर्शन चाहिन्छ ।