झक्कु सुवेदी राष्ट्रिय सभामा नेकपाको संसदीय दलका नेता नियुक्त
काठमाण्डौ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभामा संसदीय दलको नेतामा झक्कु सुवेदी लाई नियुक्त गरेको छ। दलका नेता पुष्पकमल दाहाल ले सुवेदीलाई उक्त जिम्मेवारी दिएका हुन्।
यसअघि संसदीय दलको नेतृत्व नारायणकाजी श्रेष्ठ ले सम्हालिरहेका थिए। उनले कार्यकाल सकिनुअघि नै पदबाट राजीनामा दिएर सर्लाहीबाट प्रतिनिधि सभाको निर्वाचनमा सहभागिता जनाएका थिए।
सुवेदी पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गर्दै सांसद निर्वाचित भएका थिए। त्यसपछि लामो समय संसद बाहिर रहेका उनी पछिल्लो पटक राष्ट्रिय सभामा निर्वाचित भएसँगै पुनः संसदीय भूमिकामा फर्किएका हुन्।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ १३:५५
प्रतिक्रिया दिनुहोस्


