राष्ट्र बैंकमा नयाँ डेपुटी गभर्नर नियुक्त
काठमाण्डौ — नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका दुई डेपुटी गभर्नर पदमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।
हाल अर्को एक पद भने अझै रिक्त राखिएको छ। सो पदमा तत्काल नियुक्ति नगर्ने निर्णय भएको जनाइएको छ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२ १४:२७
प्रतिक्रिया दिनुहोस्


