Banner Nepal
मन्त्रिपरिषद्‍को वरीयतामा फेरबदल, केही मन्त्रीको स्थान हेरफेर

काठमाण्डौ — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‍मा मन्त्रीहरूको वरीयता हेरफेर गरिएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले क्याबिनेटको मर्यादाक्रम पुनः निर्धारण गरेका हुन्।

नयाँ व्यवस्थाअनुसार यसअघि तेस्रो स्थानमा रहेका सुधन गुरुङ पाँचौं स्थानमा झरेका छन्। उनको स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ क्रमशः तेस्रो र चौथो स्थानमा उक्लिएका छन्।

यस्तै, अघिल्लो सूचीमा १५औं स्थानमा रहेकी सीता वादी आठौं स्थानमा उक्लिएकी छन्, जसले मन्त्रिपरिषद्‍भित्रको शक्ति सन्तुलनमा नयाँ संकेत देखिएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update