एसईई परीक्षामा चिट चोराउने गिरोह पक्राउ
काठमाण्डौ — माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेका बेला मर्यादा उल्लङ्घन गर्ने तथा गराउने कार्यमा संलग्न एक शिक्षकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
‘ह्वाट्सएप ग्रुप’ प्रयोग गरी परीक्षार्थीलाई चिट उपलब्ध गराउँदै गरेको अवस्थामा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शितलपुर गुजरा स्थित माध्यमिक विद्यालयका शिक्षक तेजनारायण चौधरी, चन्द्रपुर नगरपालिका–६ का रञ्जित साह, गुजरा नगरपालिका–५ लक्ष्मीपुरका महम्मद हुसेन र समिर मन्सुरलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले परीक्षा प्रणालीलाई निष्पक्ष र मर्यादित बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२ १३:५६
प्रतिक्रिया दिनुहोस्


