सुन–चाँदीको भाउमा सामान्य वृद्धि
काठमाण्डौ — नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ रुपैयाँले बढेर २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार १७० रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी आज प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार १३२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२ १४:२८
प्रतिक्रिया दिनुहोस्


