ज्येष्ठ सदस्य केसीद्वारा शपथ, प्रतिनिधिसभा सञ्चालनको जिम्मेवारी
काठमाण्डौ — प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ ग्रहण गराएका हुन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका थिए। ७८ वर्षीय केसी अहिले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य हुन्।
राष्ट्रपतिबाट शपथ लिएपछि उनले चैत १२ गते बिहीबार प्रतिनिधिसभाका २७४ जना सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ। साथै, सभामुख निर्वाचित नहुँदासम्म प्रतिनिधिसभा बैठकको अध्यक्षता समेत उनले नै गर्नेछन्।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना सदस्य निर्वाचित भएका छन्।
प्रकाशित मिति: बुधबार, चैत ११, २०८२ १३:३६
प्रतिक्रिया दिनुहोस्


