Banner Nepal
कल्प फाउन्डेसनद्वारा मिसनरीज अफ च्यारिटीमा खाद्यान्न तथा फलफूल वितरण

काठमाडौ/ वीटीआई व्यावसायिक तथा सामाजिक सञ्जाल ग्रुप अन्तर्गत सञ्चालित सामाजिक तथा गैरनाफामूलक संस्था कल्प फाउन्डेसनले काठमाडौँस्थित मिसनरीज अफ च्यारिटीमा खाद्यान्न तथा फलफूल वितरण गरेको छ।

फाउन्डेसनले च्यारिटीमा आश्रित अनाथ, असहाय तथा वृद्धवृद्धाहरूका लागि अनाज, ताजा फलफूल र मिठाई वितरण गरी सामाजिक क्रियाक्लाप गरेको हो।

सो कार्यक्रममा वीटीआई ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझी, प्रमुख कार्यकारी अधिकृत (सीइयो) दिलीप बराल, वरिष्ठ कार्यक्रम प्रबन्धक राजन अधिकारी तथा मिसनरीज अफ च्यारिटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  २२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update