Banner Nepal
फाइनलमा पीएसजी र चेल्सी आमने–सामने

काठमाडौँ।अमेरिकामा जारी फिफा क्लब विश्वकपमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (PSG) र इंग्लिश क्लब चेल्सीबीच उपाधि भिडन्त पक्का भएको छ।

बुधबार राति न्युजर्सीको मेटलाइफ स्टेडियममा भएको सेमिफाइनलमा PSG ले स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई प्रभावशाली प्रदर्शनका साथ ४–० गोल अन्तरले हराउँदै फाइनल यात्रा सुनिश्चित गर्‍यो।

खेलको पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल गरिएको थियो।फाबियन रुइजले दुई गोल गर्दा ओसामान डेम्बेले र गोन्सालो रामोसले एक–एक गोल गरे।

यसअघि नै चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको थियो।

फाइनल आइतबार न्युजर्सीमै हुनेछ। उक्त खेल हेर्न अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थिति रहने बताइएको छ। साथै, अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आगामी वर्ष फिफा विश्वकप आयोजना गर्ने तयारीमा छन्।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update