Banner Nepal
अन्तर्राष्ट्रिय लिगमा सन्दीपको नयाँ यात्रा

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने बेल्जियममा आयोजना हुने इयू टी–२० लिगमा खेल्ने भएका छन्। उनलाई लियेज रेड लायन्सले उक्त प्रतियोगिताका लागि अनुबन्ध गरेको हो।

टिमले सन्दीपलाई ‘प्रि-साइन’ प्रक्रियामार्फत टोलीमा भित्र्याएको जनाएको छ। यद्यपि उनको अनुबन्ध रकमबारे भने कुनै विवरण सार्वजनिक गरिएको छैन।

इयू टी–२० लिग आगामी मे ३० देखि जुन ७ तारिखसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सका गरी ६ टोली सहभागी हुनेछन्।

सन्दीपको सहभागिताले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व थप मजबुत हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update