Banner Nepal
मधेश स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसन तदर्थ समिति गठन: प्रमुख प्रशिक्षक बराल सम्मानित

बर्दिबास, मिति २०८२ फाल्गुन १५ गते मधेश स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसन तदर्थ समिति भेलाले नौ सदस्य तदर्थ समिति सर्बसम्मत मनोनित गरिएको छ । दुई जना सदस्य तदर्थ समितिले मनोनयन गरी एघार सदस्य समितिले पूर्णता पाउनेछ । मनोनित हुनेमा अध्यक्ष शेर बहादुर पुलामी, उपाध्यक्ष प्रज्वल पौडेल, सचिव सबिन माईलो, कोषध्यक्ष रबिन्द्र कुमार महतो तथा सदस्यहरुमा कैलाश कुमार खत्री, लाल बहादुर बुढाथोकी, मन्दिप कुमार बिष्ट, रमेश बि. क. र कविता कुमारी मण्डल रहेका छन् ।

उक्त तदर्थ समिति गठनमा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका केन्द्रीय अध्यक्ष अच्युत खनाल, महासचिव सत्य थापा तथा प्रमुख प्रशिक्षक दिलिप राज बराल, मधेश खेलकुद परिषदका निर्देशक द्धय प्रभु नारायण सिवाकोटी र भरत प्रसाद यादब र नेपाल बेसबल एसोसिएसनका अध्यक्ष दिपक न्यौपाने ले  मधेश प्रदेशमा खेलकुदको विकाश तथा प्रवद्र्धनमा यो भेला ऐतिहाशिक बन्ने विश्वास आफ्नो मन्तव्यमा व्यक्त गरेका थिए ।

उक्त भेलामा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका प्रमुख प्रशिक्षक दिलिप राज बरालले राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा स्केटिङ खेलको विकास तथा प्रवद्र्धनमा पुर्याउनु भएको योगदानको कदर गर्दै समारोहका प्रमुख अतिथि मधेश खेलकुद परिषदका निर्देशक प्रभु नारायण सिवाकोटी बाट सम्मानपत्र ग्रहण गरेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update