शंकास्पद रकमसहित पक्राउ
बौद्धबाट चिनियाँ नागरिक पक्राउ, एक करोड ४४ लाख नगद बरामद

काठमाडौँ । काठमाडौँको बौद्ध क्षेत्रमा बसोबास गर्दै आएका एक चिनियाँ नागरिक स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४० वर्षीय वाङ जियाङ नाम गरेका ती चिनियाँ नागरिकलाई मङ्गलबार विशेष सूचनाको आधारमा डेराबाट नियन्त्रणमा लिइएको हो।
प्रहरी टोलीले उनको साथबाट एक करोड ४४ लाख रुपैयाँ नगद बरामद गरेको जनाएको छ। प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनीमाथि निगरानी राखेर पक्राउ गरेको थियो।
बरामद रकमको वैध स्रोत खुल्न नसकेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। जियाङलाई हाल हिरासतमा राखेर सोधपुछ जारी रहेको जनाइएको छ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२ १५:५२
प्रतिक्रिया दिनुहोस्