Banner Nepal
भोजपुरमा पारिवारिक बिवादले चार जनाको ज्यान लियो

काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ स्थित धोद्लेखानीमा एकै परिवारका चार सदस्यको विभत्स हत्या भएको छ।

घटनामा संलग्न व्यक्ति भोजपुर नगरपालिका–२ हेलौछाका राजेन्द्र राई रहेको खुलेको छ, जसले आफ्नै ससुरा, सासु, श्रीमती र सालोलाई हत्या गरेर अन्ततः आफूलाई पनि छुरा प्रहार गरी घाइते बनाएका छन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले ६८ वर्षीय ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासु मञ्जु गिरि, १५ वर्षीया श्रीमती मनिषा गिरि र ९ वर्षीय सालो सयन गिरिको हत्या गरेका हुन्।

चारै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनाको मूल कारण पारिवारिक बिवाद हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update