Banner Nepal
खेलकुद नेतृत्वबीचको विवादले एशियाली खेलकुदमा नेपाल सहभागी नहुने खतरा, आन्दोलन गर्ने विष्टको चेतावनी

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव केशवकुमार विष्टले एशियाली खेलकुदमा नेपालको सहभागिता नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

विष्टले एशियाली खेलकुदमा नेपाल र नेपाली खेलाडीको सहभागिता नभए त्यसको जिम्मेवारी सरकारले लिनु पर्ने भन्दै आवश्यक परेमा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

 सरकारी संयन्त्र र विभिन्न खेल संघका नेतृत्वबीचको विवादका कारण समग्र खेलकुद क्षेत्र प्रभावित भएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

उनले खेलकुद क्षेत्रको समग्र विकास, संरक्षण, समन्वय र प्रवद्र्धनमा सक्रिय रहनुपर्ने खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद (राखेप), नेपाल ओलम्पिक कमिटी र विभिन्न खेल संघका नेतृत्वबीच पछिल्ला केही समययता देखिएको विवादले नेपाली खेलकुद क्षेत्रमा गहिरो असर पार्न थालेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले विवादकै कारण दशौँ राष्ट्रिय खेलकुद समयमै आयोजना हुन नसककेको दाबी गरेका छन् । विष्टले एशियाली खेलकुद (एशियन गेम्स) पनि विवादकै कारण प्रभावित हुनेमा चिन्ता व्यक्त गरेका छन् ।

 
खेलकुदसम्बन्धी ऐन, कानुन, नियमावली र विधानले सम्बन्धित निकायहरूलाई आ–आफ्नो कार्यक्षेत्र, जिम्मेवारी, अधिकार र दायित्व स्पष्ट रूपमा तोकिदिए पनि उनीहरुको विवादमा विष्टले आश्चर्य प्रकट गरेका छन् ।

उनले लेखेको छन् – कानुनले तोकि दिएका सिमाभित्र रही आफ्नो दक्षता, इमानदारी, दूरदर्शिता र कार्यकुशलता प्रदर्शन गर्नु नेतृत्वको कर्तव्य हो । पछिल्ला दिनमा देखिएको व्यक्तिगत, गुटीय तथा स्वार्थमा आधारित नेतृत्व संघर्षका कारण राष्ट्रिय गौरवका कार्यक्रमहरू नै धरापमा परेको उनको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update