Banner Nepal
किर्ते कागजात बनाएर ठगी गर्ने उदयपुरका युवा पक्राउ

काठमाडौं । किर्ते माइन्युट तयार गरी ठगी गरेको आरोपमा उदयपुरका एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले किर्ते तथा ठगी मुद्दामा त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय अंगिश श्रेष्ठलाई पक्राउ गरेको हो ।

महिला जनजागृति बचत तथा ऋण सहकारी संस्थाका पूर्वपदाधिकारीहरूको नाममा किर्ते माइन्युट खडा गरी युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम हिनामिना गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठ युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उदयपुर जिल्ला प्रतिनिधि रहेको प्रहरीले जनाएको छ । उनलाई उदयपुर जिल्ला अदालतबाट किर्ते गरी ठगी गरेको सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update