Banner Nepal
प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयक पारित

काठमाडौँ। संघीय निजामती सेवा विधेयक, २०८० आइतबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।

प्रतिनिधि सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल अघि बढाउने प्रस्ताव पेश गर्नुभएको थियो।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएपछि मन्त्री गुप्ताले विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई बहुमत सांसदहरूले समर्थन गरे। त्यसपछि सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गर्नुभयो।

सभामुख घिमिरेले यो विधेयक संघीयताको कार्यान्वयनमा महत्वपूर्ण मोड हुने भन्दै यसलाई ऐतिहासिक र दीर्घकालीन प्रभाव पार्ने कानुनी पाटोको रुपमा व्याख्या गर्नुभयो।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update