आयोगले बुझायो मतपरिणामसहितको प्रतिवेदन
काठमाण्डौ — निर्वाचन आयोगले हालै सम्पन्न निर्वाचनको मतपरिणामसहितको विस्तृत प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेश गरेको छ। आइतबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले उक्त प्रतिवेदन हस्तान्तरण गरेको हो।
प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउत पनि सहभागी रहेका थिए। साथै, गृहमन्त्री ओमप्रकाश अर्याल र कानुन मन्त्री अनिल कुमार सिन्हा पनि उक्त अवसरमा उपस्थित थिए।
यसअघि नै आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पनि सोही प्रतिवेदन बुझाइसकेको जनाएको छ। यससँगै निर्वाचनसँग सम्बन्धित औपचारिक प्रक्रिया पूरा भएको मानिएको छ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०८२ १८:१९
प्रतिक्रिया दिनुहोस्


