Banner Nepal
शाखा अधिकृतको बेहिसाब सम्पत्तिमा अख्तियारको छापा

 

काठमाडौं। यातायात व्यवस्था कार्यालय पर्सामा कार्यरत शाखा अधिकृत कमलराज गौतममाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सरकारी सेवामा आठौं तहका कर्मचारी रहेका गौतमको जीवनशैली र सम्पत्तिमा देखिएको असमानताको आधारमा उनी अख्तियारको निगरानीमा परेका हुन् ।

अख्तियारको अनुसन्धान अनुसार, गौतमले २०५५ सालदेखि २०७९ सालसम्मको सेवाअवधिमा २ करोड ८९ लाख रुपैयाँ बराबरको वैध आम्दानी देखिएका छन्। तर, उनले परिवारसहित त्यस अवधिमा ५ करोड ४० लाख रुपैयाँभन्दा बढी सम्पत्ति र खर्च देखाएका छन्, जसले २ करोड ५१ लाख रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखाएको आयोगले जनाएको छ।

त्यसैबीच, उनले हरेक वर्ष पेश गर्नुपर्ने सम्पत्ति विवरणमा झुटा विवरण दिएको प्रमाणित भएपछि, अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको हो। साथमा, उनकी श्रीमती सरला नेपालले स्रोत नखुलेको सम्पत्तिबाट नाममा राखिएको सम्पत्तिका कारण प्रतिवादी बनाइएको छ।

अब विशेष अदालतमा उनीहरू विरुद्ध कैद, जरिवाना र सम्पत्ति जफतको मागसहित कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update