पोखरा महानगरपालिका–१५ वन विज्ञान अध्ययन संस्थान क्याम्पस नजिकै सडकमा तनहुँ भीमादका २१ वर्षीय मनोज भुजेलको शव फेला परेको छ।
पोखराका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, भुजेलको शव सोमबार बिहान करिब साढे ५ बजे सडकमा देखिएपछि मर्निङ वाकमा निस्केका व्यक्तिले प्रहरीलाई खबर गरेका थिए। शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ।
प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको जानकारी पनि दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।