Banner Nepal
निर्जला एकादशी, घर घरमा तुलसीको दल राखेर मनाइँदै

काठमाडौं । जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी । तुलसीको दल (बिउ) राखेर यो पर्व मनाइँदै छ ।

यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने नियम छ । वैष्णव परम्परामा यो दिन निर्जल (पानीसमेत नपिई) व्रत बस्ने परम्परा छ ।

दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र माहत्म्य वाचन श्रवण गरिन्छ । एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो । एकादशीका दिन विशेषगरी भगवान विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update