Banner Nepal
पुरीमा जगन्नाथ रथ यात्रा सम्पन्न

काठमाडौं । ओडिशाको पुरीमा आज ऐतिहासिक जगन्नाथ रथ यात्रा धूमधामका साथ सम्पन्न भएको छ। हिन्दू धर्मको प्रमुख पर्व मानिने यस यात्रामा भगवान् जगन्नाथ, बलभद्र र सुभद्रालाई भव्य रूपमा सजाइएका काठका रथमार्फत पुरीस्थित गुण्डिचा मन्दिरतर्फ लगिएको छ।

भगवान्‌हरूलाई पहाण्डी विधिमार्फत रथमा राखिएको थियो। त्यसपछि गजपति महाराज दिव्यसिंह देवले छेड़ा पहाङ्गरा विधिअनुसार सुनौलो झाडुले रथ सफा गरेका थिए। यो परम्पराले ‘राजा पनि भगवान्‌का सेवक हुन्’ भन्ने सन्देश दिन्छ।

रथयात्रामा लाखौँ भक्त सहभागी भएका थिए। नन्दीघोष, तालध्वजदर्पदलन नामका रथहरूको डोरी तानेर भक्तजनहरूले श्रद्धा प्रकट गरेका थिए। “जय जगन्नाथ” नारासहित रथयात्रा उल्लासपूर्वक सम्पन्न भएको थियो।

ओडिशा सरकारले सुरक्षाका लागि १०,००० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको थियो। भीड व्यवस्थापन, स्वास्थ्य सहायता र सरसफाइका सम्पूर्ण व्यवस्था गरिएको थियो।

यस पर्वको प्रत्यक्ष प्रसारण विश्वभर गरिएको थियो। ओडिसी नृत्य र परम्परागत लोकसंगीतले यात्रामा सांस्कृतिक रौनक थपेको थियो

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update