Banner Nepal
आमाछोरी सहित तीन जनाको हत्या, बाबु पक्राउ

काठमाडौं । बुटवलमा तीन जनाको सामूहिक हत्या भएको छ । बुटवल उपमहानगरपालिका–११, मिलीजुलीपथमा आज बिहान आमा, छोरा र छोरीको हत्या भएको हो ।

आमा ३३ वर्षिया दीपा बस्यालसहित छोरीहरू ७ वर्षिया स्नेहा र ४ वर्षिया हिमानीको हत्या गरिएको अवस्थामा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिनु भयो ।

अनुसन्धानका लागि प्रहरीले दीपाका पूर्व श्रीमान सुरज कोइरालालाई नियन्त्रणमा लिएको छ । दीपा र सुरज सम्बन्धविच्छेद पछि छुट्टै बस्दै आएका थिए । यद्यपि घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update