निगमको नियती
                                                
                    
                
                            
                                नेपाल वायुसेवा निगमको विमान बिग्रिएर साउदीमा थन्कियो , १ सय २५ यात्रुलाई होटलमा राखियो
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । नेपाल वायुसेवा निगमको विमान साउदी अरबको दमामस्थित किङ फाहद इन्टरनेसनल एयरपोर्टमा बिग्रिएर थन्किएको छ ।
१ सय २५ यात्रु लिएर काठमाडौं फर्किने तरखरमा रहेको विमानको नोज ल्यान्डिङ गियर बिग्रिएपछि न्यारोवडी जहाज उतै थन्किएको हो ।
शनिबार राति १ सय ९ यात्रु लिएर विमान दमाम पुगेको थियो ।
विमान आइतबार बिहान काठमाडौं फर्किसक्नुपर्ने तालिका थियो । तर मर्मत हुन नसकेपछि  सबै यात्रुलाई होटलमा राखिएको छ ।
साउदीबाट नेपाल फर्किनैपर्ने यात्रुलाई अन्य उडानमार्फत दमामबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ । उनीहरुलाई निगमकै खर्चमा होटलमा राखिएको छ
विमान उतै रोकिएपछि निगमले आइतबार रातिका लागि तोकेका मलेसिया, दुबई र जापानको उडान पनि प्रभावित हुने भएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १९:३६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    