Banner Nepal
राजनीतिक संवाद समितिको अनुगमन जारी, बनस्थलीस्थित रास्वपा कार्यालय अनुगमन

काठमाण्डौ— सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका राजनीतिक दलका कार्यालयको स्थलगत अनुगमनलाई निरन्तरता दिएको छ। सोही क्रममा आज टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेको हो।

भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका दौरान अन्य प्रमुख दलका कार्यालयमा आगजनी र तोडफोड भए पनि रास्वपाको कार्यालय भने सुरक्षित रहेको पाइएको छ। यसअघि समितिको टोलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहितका दलका कार्यालयहरूको अनुगमन गरिसकेको छ।

आजको अनुगमनमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए। रास्वपाको तर्फबाट उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झासहित अन्य केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update