तीन वर्ष सँगै, अन्ततः सलले घाँटी
तीन वर्षदेखि लिभिङ्टुगेदरमा रहेकी प्रेमिकाको हत्या गरी प्रहरीसामु आत्मसमर्पण

काठमाण्डौ — नेपालगञ्जमा एक युवकले तीन वर्षदेखि लिभिङ टुगेदरमा रहेकी प्रेमिकाको हत्या गरेर आफैं प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
३५ वर्षीय प्रकाश सुनारले २२ वर्षीया निर्मला थापाको घाँटीमा सलले बेरेर हत्या गरेको स्वीकार गरेका छन् । दैलेखकी निर्मला केही समयदेखि नेपालगञ्जस्थित एक रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन् । प्रकाश पनि सोही शहरको अर्कै रेस्टुरेन्टमा कार्यरत थिए ।
प्रकाश र निर्मला नेपालगञ्ज–१२ बेलासपुरमा विगत तीन वर्षदेखि सँगै बस्दै आएका थिए । अनुसन्धानका क्रममा प्रकाश विवाहित रहेको र उनकी पत्नीसहित एक छोरा र एक छोरी बर्दियामा बस्ने गरेको खुलेको छ ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०८२ १८:३३
प्रतिक्रिया दिनुहोस्