स्पेन महिला युरो कप फुटबलको फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त

काठमाण्डौ — स्पेन महिला युरो कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। स्विट्जरल्यान्डको लेट्जीग्रुन्ड स्टेडियममा गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा स्पेनले जर्मनीलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। सोही क्रममा स्पेनकी आइटाना बोनमातीले निर्णायक गोल गर्दै टोलीलाई फाइनल यात्रा दिलाइन्।
अब स्पेनले उपाधिका लागि आगामी आइतबार साविक विजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्डले पहिलो सेमिफाइनलमा इटालीलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
फाइनल खेल महिला युरोपेली फुटबलको प्रतिष्ठा कायम राख्ने महत्वपूर्ण मञ्च हुनेछ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२ १६:०८
प्रतिक्रिया दिनुहोस्