रोमाञ्चक जित, उपाधि नजिक
इंग्ल्यान्ड महिला युरो कप फाइनलमा प्रवेश, इटालीलाई २–१ गोलले हरायो

काठमाडौं । साविक विजेता इंग्ल्यान्ड महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। स्विट्जरल्याण्डको स्टेडियम डे जेनेभामा गएराति भएको पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डले इटालीलाई २–१ गोलले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गर्यो।
खेलको ३३ औं मिनेटमा इटालीकी बारबारा बोनान्सीले गोल गर्दै अग्रता लिएकी थिइन्, तर इंग्ल्यान्डकी मिशेल अग्येमाङले अतिरिक्त समयमा ९६ औं मिनेटमा बराबरी गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो। अतिरिक्त समयमा क्लोई केलीले रिबाउन्ड गोल गर्दै इंग्ल्यान्डलाई विजयी बनाइन्।
आज राति दोस्रो सेमिफाइनलमा विश्व च्याम्पियन स्पेन र जर्मनी भिड्ने छन्। यी दुई मध्ये विजेताले इंग्ल्यान्डसँग फाइनल खेल्नेछ। फाइनल खेल आगामी आइतबार हुने छ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०८२ १७:१७
प्रतिक्रिया दिनुहोस्