Banner Nepal
गोली हानी युवतीको हत्या

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका– ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या गरिएको छ ।

हरिनगर गाउँपालिका– ६ घुस्कीमा राति १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुमन कुमार तिम्सिनाले बताउनुभयो । भिनाजुले गोली हानी सालीको हत्या गरेको बुझिएको छ । थप अनुसन्धान हुँदै गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update