Banner Nepal
नक्कली डलर साट्ने बहानामा ७ लाख लुट्ने गिरोह पक्राउ

काठमाडौँ । अमेरिकी डलर साट्ने प्रलोभन देखाई युवालाई नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोकका चार युवाले असार २२ गते भक्तपुरको चाँगुनारायण–४ स्थित एकान्त जंगलमा पीडितलाई डलर साट्ने बहानामा बोलाई मुख थुनी, नक्कली पेस्तोल देखाएर ७ लाख रुपैयाँ र आईफोन लुटेका थिए।

घटनामा संलग्न पर्वत तामाङ (कर्म वाङ्गेल), प्रकाश तामाङ (सूर्यबहादुर), सन्तवीर (सागर), र विष्णु कुमार रुम्बा पक्राउ परेका छन्। उनीहरू सबै हाल भक्तपुर र ललितपुरमा बसोबास गर्दै आएका थिए।

प्रहरीले उनीहरूबाट स्कुटर, मोटरसाइकल, नगद, चेक, मोबाइललगायतका सामान बरामद गरेको छ। अनुसन्धान जारी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update