Banner Nepal
ट्रम्पले रूसमाथि थप प्रतिबन्धको सम्भावना औंल्याए, युक्रेनलाई हतियार सहायता पुनः सुरु

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धप्रति प्रतिक्रिया स्वरूप रूसमाथि थप प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन्।

ह्वाइट हाउसमा आयोजित मन्त्रीपरिषद् बैठकमा बोल्दै उनले सिनेटमार्फत प्रस्तुत भएको प्रतिबन्धसम्बन्धी विधेयकप्रति आफू निर्णयको चरणमा रहेको स्पष्ट पारे।

सो विधेयकले रूसी ऊर्जा आयात गर्ने मुलुकहरूमा भारी शुल्क लगाउने र रूसी ऊर्जा उद्योगमा संलग्न विदेशी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने प्रावधान राखेको छ।

यहीबीच, अमेरिकी रक्षा विभागले युक्रेनलाई दिइने रक्षात्मक हतियारको ढुवानी पुनः सुरु गर्न स्वीकृति दिएको छ। यसअघि समीक्षा प्रक्रियाका कारण अस्थायी रूपमा रोकिएको उक्त सहायता ट्रम्पले पुनः सञ्चालनमा ल्याउने घोषणा गरेका हुन्।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update