Banner Nepal
लगातार छैटौं दिन सेयर बजारमा वृद्धि, 'अन्य' समूह अगाडि

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा फेरि पनि सकारात्मक संकेत देखिएको छ। नेप्से परिसूचक २.४० अंकले उकालो लाग्दै २७०६ विन्दुमा पुगेको छ। यो लगातार छैटौं दिन नेप्से बढेको हो।

यद्यपि कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आजको कारोबार ९ अर्ब ५० करोडमा झरेको छ।

सूचकमा 'अन्य' समूह सबैभन्दा धेरै ३.०६ प्रतिशतले उक्लिएको छ। यस समूहमा हिमालयन रि र नेपाल रिको मूल्य तीव्ररूपमा बढेपछि समग्र वृद्धि देखिएको हो। फाइनान्स समूह पनि २.४९ प्रतिशतले उकालो लाग्दा लगानी, बैंकिङ, व्यापार, र उत्पादन समूहमा समेत सामान्य वृद्धि भएको छ।

तर, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स, र निर्जीवन बीमा समूहमा भने गिरावट आएको छ।

व्यक्तिगत कम्पनीतर्फ नेपाल फाइनान्सको मूल्य १० प्रतिशतले उछालिँदै सबैभन्दा बढी वृद्धि भएको हो। त्यस्तै गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स ७.३६ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन ५.७० प्रतिशत, अपर हेवाखोला हाइड्रोपावर ५.१८ प्रतिशत र जानाकी फाइनान्स ४.९१ प्रतिशतले बढेका छन्।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update