
काठमाडौँ, असार १८ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३४.४२ अंकले उकालो लाग्दै २,६९४.८२ विन्दुमा पुगेको छ। कुल १.२९ प्रतिशतको वृद्धिसहित बजारमा उत्साह देखिएको हो।
मंगलबारको कारोबारमा ३१७ कम्पनीका ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर ८९ हजार ४६८ पटक किनबेच हुँदा कुल ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सबै उपसमूहहरू हरियालीमा देखिए।
-
जीवन बीमा समूहमा सबैभन्दा उच्च २.८३% वृद्धि भयो,
-
निर्जीवन बीमा २.५१%
-
विकास बैंक २.३१%
-
बैंकिङ १.३६%
-
वित्त १.९९%
-
होटल तथा पर्यटन ०.७१%
-
जलविद्युत् ०.४७%
अन्य समूहहरूको वृद्धि यस प्रकार छ:
-
लगानी १.०१%,
-
उत्पादन तथा प्रशोधन ०.६९%,
-
लघुवित्त ०.५६%,
-
व्यापार १.७६%,
-
अन्य समूह ०.९१%
-
म्युचुअल फण्ड ०.०६%
ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर का सेयर मूल्य आज ९.९९% ले उकालो लागेर सबैभन्दा धेरै बढेका हुन्।
त्यस्तै, ९% आइसिएफसी फाइनान्स डिबेन्चर–२०८८ को मूल्य ३.३१% ले घटेर सबैभन्दा धेरै गिरावट भएको कम्पनी बन्यो।