Banner Nepal
नेप्से तीन दिन लगातार उकालो, कारोबार सात अर्ब नाघ्यो

 काठमाडौं । नेपाली सेयर बजार तीन दिन लगातार हरियालीमै देखिएको छ। मंगलबार नेप्से परिसूचक २८.९१ अंकले उकालो लाग्दै २,६६० विन्दुमा पुगेको हो।

यसअघि आइतबार २६ र सोमबार ९ अंकले वृद्धि भएको थियो। परिसूचकसँगै कारोबार रकम पनि उकालो लागेको छ। सोमबार ६ अर्ब ३८ करोडको कारोबार भएकोमा मंगलबार कारोबार ७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

मंगलबार २१७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घट्यो। अधिकांश समूहहरू सकारात्मक देखिए। लगानी समूह २.३८ प्रतिशतले अगाडि रहँदा माइक्रोफाइनान्स २.२२, हाइड्रोपावर १.३८, जीवन बीमा १.१२, बैंकिङ १.०९, निर्जीवन बीमा १.०५ प्रतिशतले बढेका छन्।

केवल उत्पादन तथा प्रशोधन (०.०७%) र व्यापार समूह (०.६१%) मा सामान्य गिरावट देखिएको छ।

सर्वाधिक वृद्धि गर्ने कम्पनीहरूमा सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावर (९.८७%), बरुण हाइड्रोपावर (८.४१%), राप्ती हाइड्रो (८.३१%) र सपोर्ट माइक्रोफाइनान्स (८%) रहेका छन्।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update