Banner Nepal
नेप्से ९.१९ अङ्कले बढ्यो, कारोबार ६ अर्ब नाघ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ९.१९ अंकले बढेर २,६३१.४८ विन्दुमा पुगेको छ। ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६३ हजार ३७१ पटक खरिदबिक्री हुँदा कुल ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले बढ्यो। अन्य बढेका समूहहरूमा बैंकिङ ०.३८ प्रतिशत, विकास बैंक ०.७२ प्रतिशत, लगानी ०.०२ प्रतिशत, जीवन बिमा ०.८२ प्रतिशत, लघुवित्त ०.९२ प्रतिशत, म्युचुअल फन्ड ०.३६ प्रतिशत, निर्जीवन बिमा ०.६१ प्रतिशत, र व्यापार समूह ०.७२ प्रतिशतले वृद्धि भएका छन्।

विपरीत, केही समूहहरू घटेका छन्। वित्त समूह ०.०६ प्रतिशतले, होटल तथा पर्यटन ०.०३ प्रतिशतले, जलविद्युत् ०.२८ प्रतिशतले र अन्य समूह ०.३६ प्रतिशतले घटेका छन्।

कम्पनीगत रूपमा हेर्दा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै ९.९७ प्रतिशतले वृद्धि भएको छ भने पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.९२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै साहास ऊर्जा लिमिटेडको ३६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका कित्ता संख्याका आधारमा सबैभन्दा धेरै सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडका ७ लाख १५ हजार ९३९ कित्ता शेयर किनबेच भएका छन्।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update