Banner Nepal
नेप्से परिसूचकमा उछाल, सेयर बजार २६.५३ अंकले बढ्यो

काठमाडौं, १५ असार। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। ने

प्से परिसूचक २६.५३ अंक (१.०२%) बढेर २६२२ बिन्दुमा पुगेको छ। कुल १८५ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ६३ कम्पनीको भने ओरालो लाग्यो। यस दिन ७ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

विशेषगरी बैंकिङ क्षेत्रमा २.००% को उल्लेख्य वृद्धिले बजारलाई बलियो बनायो। अन्य क्षेत्रहरूमा पनि सकारात्मक गति देखियो। विकास बैंक १.६१%, फाइनान्स ०.६४%, होटल तथा पर्यटन ०.०९%, हाइड्रोपावर ०.५४%, लगानी ०.३२%, जीवन बीमा ०.८२%, माइक्रोफाइनान्स १.५८%, निर्जीवन बीमा ०.४२%, अन्य १.३५% र व्यापार समूह ०.२७% ले बढे।

यद्यपि, उत्पादन तथा प्रशोधन समूह मात्र ०.५६% ले घट्यो। कम्पनीहरूमा सप्तकोशी विकास बैंकको सेयर मूल्य १०% ले सबैभन्दा धेरै बढ्यो।

विन्ध्यबासिनी हाइड्रोपावर ८.९७%, ग्रिन भेन्चर्स ६.९५% र त्रिशुली जलविद्युत् कम्पनी ५.९२% ले उकालो लागे। उता, जोशी हाइड्रोपावरको सेयर मूल्य ५.५७% ले सबैभन्दा धेरै घट्यो।

युनिलिभर नेपाल ३.४९%, पन्चकन्या माइ हाइड्रोपावर ३.२०%, पियोर इनर्जी ३.१९% र बुटवल पावर ३.०३% ले ओरालो लागे। सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा साहस ऊर्जा, बुटवल पावर, युनियन हाइड्रोपावर, ङादी ग्रुप र राधि विद्युत् अग्रस्थानमा रहे। बजारको कुल पूँजीकरण 43 खर्ब 69 अर्ब रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update