Banner Nepal
इरान र इजरायल झनै आक्रामक, युद्धविराम पालनामा हुनेमा आशंका

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानलाई युद्ध रोक्न निर्देशन दिएपनि युद्धविराम हुनेमा आशंका बढेको छ ।

इजरायल र इरान दुवैले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाएसँगै युद्ध नरोकिने सम्भावना बढेको हो ।

ट्रम्पको निर्देशन विपरित इजरायलले तेहरानमा शक्तिशाली आक्रमण गर्न निर्देशन दिएको खबर बाहिरिएको छ ।

त्यस्तै इरानले पनि युद्धविराम उलंघन गरेको इजरायलको आरोप छ ।

राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच टेलिफोनमा वार्ता भए लगत्तै इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर इरानले क्षेप्यास्त्र प्रहारको आरोप अस्वीकार गरेको छ ।

इरानले भने इजरायलले आक्रमण गरे प्रत्याक्रमण नरोक्ने चेतावनी दिएको  छ । 
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update