Banner Nepal
भारतमा फेरि अर्को हवाई दुर्घटना, तीर्थयात्री बोकेको हेलिकप्टर खस्दा चालकसहित ७ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तरखण्ड राज्यमा चालक दलका १ सहित ६ जना सवार हेलिकप्टर दुर्घटना भएको छ ।

आर्यन एभियशनको हेलिकप्टर केदारनाथ धामबाट यात्रीलाई गुप्तकाशी बेसमा फिर्ता ल्याउँदै थियो । अचानक मौसम खराबी भएका कारण हेलिकप्टरलाई घाँटीबाट बाहिर निकाल्ने प्रयास गर्ने क्रममा दुर्घटनामा परेको हो । हेलिकप्टरमा चालकबाहेक पाँच यात्री र एक शिशु सवार थिए ।

दुर्घटना लगत्तै त्यहांको विपद् प्रतिकार्य फोर्स, स्थानीय प्रशासन तथा अन्य उद्धार टोली खटिएको उत्तरखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामीले सामाजिक संजाल एक्समा उल्लेख गरेका छन् । प्रतिकूल मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update