Banner Nepal
दक्षिण कोरियाको नयाँ राष्ट्रतिमा लिबरल पार्टीका मियुङ निर्वाचित, अहिलेसम्मकै सबैभन्दा धेरै मत पाउने पहिलो राष्ट्रपति  


काठमाडौं । दक्षिण कोरियाको नयां राष्ट्रपतिमा लिबरल पार्टीका लि जई मियुङ निर्वाचित भएका छन् । लि ४९ दशमलव ४२ प्रतिशत मत सहित राष्ट्रपतिमा विजयी भएका हुन् । पूर्व मानवअधिकारकर्मी समेत रहेका ली सन् १९९७ पछि सबैभन्दा धेरै मत सहित विजयी हुने पहिलो राष्ट्रपति बन्न सफल भएका हुन् ।

उनका प्रतिस्पर्धी एवं कन्जरभेटिभ पार्टीका नेता किम मुन सुको ४१ द्यशमलव १५ प्रतिशत मत आएको समाचार संस्था रोयटर्सले जनाएको छ । यस अघिका राष्ट्रपति युन सुक योलले शैनिक शासन लगाउने असफल प्रयास गरेसँगै उनलाई अदालतले दोषी ठहर गरेको थियो । अदालतको आदेश अनुसार उनि अहिले कानुनी सजाय काटीरहेका छन् ।

यसैबीच, नयाँ राष्ट्रपति लिसामु दक्षिण कोरियाको खस्कदो अर्थतन्त्र उकास्ने तथा अमेरिकासँगको व्यापारलाई सन्तुलनमा राख्ने चुनौती थपिएको छ । एसियाको चौथो ठुलो अर्थतन्त्र भएको कोरियामा सामाजिक धु्रविकरणलाई समेत एकिकृत गर्ने चुनौती लि सामु छ ।

 

  

 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update