Banner Nepal
हमासलाई ध्वस्त पार्ने इजरायली रक्षामन्त्रीको योजना, बन्धकलाई तत्काल रिहा गर्न चेतावनी

काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल कात्जले इजरायली रक्षा बल गाजा क्षेत्रमा पूरै शक्तिका साथ काम गरिरहेको बताउनु भएको छ ।

सामाजिक सञ्जाल एक्समा लेख्दै उहाँले कुनै पनि कुराकानीबिना अब हमासका सबै क्षेत्रमा नष्ट गर्नका लागि अगाडि बढ्न सेनालाई निर्देशन दिएको बताए ।

हमासलाई अन्त्य गर्नका लागि र आईडीएफ सैनिकको रक्षाका लागि हावा, जमिन र समुद्रमा राखिएका सबै साधन प्रयोग गर्न निर्देशन दिएको उनको भनाइ छ । यस्तै उनले सबै बन्धकलाई रिहा नगरे नष्ट गर्ने हमासलाई चेतावनी समेत दिए ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका तर्फबाट जारी बयानमा सहायता वितरण केन्द्रमा भएको गोलाबारीमा ३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update