 
                                                                    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी महिनादेखि दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले आगामी चैत १९ गतेदेखि राती पनि बन्द नहुने जनाएको हो ।
प्राधिकरणका अनुसार विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुनै लागेपछि विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन लागेको हो । धावनमार्गसँगै जोडिएको मुख्य काम सकिन लागेपछि चैत १९ गतेदेखि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने तयारीमा रहेको प्राधिकरणको भनाई छ ।
यसअघि विमानस्थल बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो । यसअघि राति १२ बजेदेखि ३ बजेसम्म उडान गर्दै आएका कतार एयरवेज, फ्लाई दुबई र नेपाल वायुसेवा निगमका उडान राति १२ बजेपहिले नै गराएर विमानस्थल दैनिक १८ घण्टा सञ्चालन गर्ने तयारी प्राधिकरणको छ । विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सहज हुनुका साथै हवाई ट्राफिक व्यवस्थापनमा सहजता थपिने प्राधिकरणको विश्वास छ ।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    