थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्रा पदमुक्त

काठमाण्डौ । थाइल्याण्डको संवैधानिक अदालतले नैतिकता उल्लङ्घनको आरोपमा प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई पदबाट हटाएको छ । कम्बोडियासँगको सीमा विवादबारे भएको फोन वार्तालाई संविधान उल्लङ्घन ठहर गर्दै शुक्रबार अदालतले शिनावात्रालाई तत्काल प्रभावबाट पदमुक्त गरेको हो ।
यो फैसलासँगै झण्डै एक वर्षअघि प्रधानमन्त्री बनेकी शिनावात्राको कार्यकाल समाप्त भएको छ । अदालतले मुद्दा सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेपछि उनलाई जुलाई १ मा नै पदबाट निलम्बन गरिएको थियो । त्यसयता उपप्रधानमन्त्री फुमथम वेचाचाई कार्यवाहक प्रमुखको भूमिकामा रहेकी छन् ।
शिनावात्राको पदमुक्तिसँगै थाइल्याण्डको राजनीतिक स्थायित्व पुनः संकटमा पर्ने देखिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२ १२:३६
प्रतिक्रिया दिनुहोस्