Banner Nepal
रुसमाथि इन्धन प्रतिबन्ध र शतप्रतिशत कर लगाउने अमेरिकाको चेतावनी, युद्ध अन्त्यको दाबी

काठमाडौं ।अमेरिकाले युक्रेन युद्ध यथासिघ्र अन्त्य गर्न रुसमाथि इन्धन निर्यातमा प्रतिबन्ध लगाउनुपर्ने धारणा सार्वजनिक गरेको छ। अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटका अनुसार रुसको इन्धन निर्यातमा रोक लगाइएमा युद्ध चाँडै सकिन सक्ने सम्भावना बलियो हुन्छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुससँग व्यापारिक कारोबार गर्ने मुलुकहरूलाई १०० प्रतिशत भन्सार कर लगाउने घोषणा गरिसकेका छन्। आगामी सेप्टेम्बरदेखि रुसका व्यापारिक साझेदारले अमेरिका निर्यात गर्दा शतप्रतिशत कर तिर्नुपर्नेछ।

ट्रम्प प्रशासनको विश्वास छ कि यस्तो आर्थिक दबाबले रुसको अर्थतन्त्र कमजोर बनाउँदै युद्ध अन्त्यको मार्ग खोल्नेछ।

तर, रुसले अमेरिकालाई कडा प्रतिक्रिया दिँदै आफ्नो अर्थतन्त्र सबल रहेको र युक्रेनका अन्य भूभागहरू पनि नियन्त्रणमा लिने रणनीतिमा अघि बढ्ने चेतावनी दिएको छ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update