Banner Nepal
साताको सुरुवातमा नेप्से  बढ्यो

काठमाडौँ । साताको पहिलो दिन, आइतबार, नेप्से परिसूचक ०.३२ अंकले बढ्दै २,८७०.९५ विन्दुमा पुगेको छ। बजार सामान्य उकालो लागे पनि उतारचढाव स्पष्ट देखिएको छ।

सो दिन १०५ कम्पनीको सेयर मूल्य बढ्दा १४४ कम्पनीको घटेको छ। कुल १ लाख ७८ हजारभन्दा बढी पटकको कारोबारबाट ५ करोड १६ लाख कित्ताभन्दा बढी सेयर किनबेच भएको छ।

कुल कारोबार रकम २१ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी पुगेको छ। उन्नति सहकार्य लघुवित्त र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै दुबैमा सकारात्मक सर्किट ब्रेक लागेको हो।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update