Banner Nepal
  एलेनको ‘छमछममा’ लक्की

राष्ट्रसेवामा समर्पित झापा दमकका लोक नाथ उप्रेती ‘एलेन’को सिर्जनामा नयाँ गीत सार्वजनिक भएको छ । एलेनका शव्दहरुमा पूर्वकै लोकप्रिय संगीतकार कमला खनाल रिजालले सुमधुर संगीत भरेकी छन् भने डेवीड शंकरको आवाज रहेको छ ।  एलेनद्वारा रचित ‘छम छम’ बोलको आधुनिक गीतको म्युजीक भिडीयो पनि सार्वजनिक भएको छ । 

हीरा देवी उप्रेती निर्माता रहेको म्युजिक भिडीयोमा ‘एलेन–हीरा’ पुत्री लक्की उप्रेती सहित सरोज प्रजाको अभिनय रहेको छ । गीतको म्युजीक भिडीयो राजेश घतानीको संयोजनमा तयार भएको हो भने संगीत संयोजन (एरेन्ज) फडिन्द्र राईले गरेका छन् । मौसम हिमालीको निर्देशनमा तयार रहेको म्युजिक भिडीयोमा सुन्दर दृश्य र अभिनय समेटिएको छ । उक्त गीतको भिडीयो ओएसआर डिजिटल मार्फत आईतबार सार्वजनिक भएको हो । 

झापाको लखनपुरमा हुर्किएका गीतकार एलेन सशष्त्र प्रहरी बलको नायव उपरीक्षक पदमा कार्यरत छन् । उनी सानै देखि अध्ययन र अतिरिक्त क्रियाकलापमा तेज उनी पेशाको व्यस्त जीवनका अतिरिक्त साहित्य तथा गीत संगीतमा पनि सक्रिय रहँदै आएका छन् । 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update